काठमाडौं । पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २६ जनामा कोरोनाभाइरस परीक्षण गर्दा ३९० जनामा संक्रमण पुष्टि भएको हो । कोरोनाबाट ५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ४२५ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर पीसीआर विधिबाट भएको परीक्षणमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १४ हजार ९२९ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ८३६ जनामा पुष्टि भएको छ ।
यसैगरी हालसम्म संक्रमण निको हुनेको कुल संख्या ७ लाख ९५ हजार ८२२ जना पुगेको छ । हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४५३ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७ हजार ६५४ जना रहेको मन्त्रालयले जनाएको छ ।