काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ ) धनन्जय रेग्मीसँग लिखित स्पष्टीकरण माग्ने भएको छ । सोमबार बोर्डका सीईओ रेग्मीलाई मन्त्रालयमा बोलाएर पर्यटन मन्त्री प्रेम आलेले शनिबार त्रिभुवन विमानस्थलमा भन्सारका कर्मचारीसँग भएको घटनाबारे जानकारी लिएका थिए ।
सोही क्रममा मन्त्रालयको तर्फबाट दुब्र्यवहार भएको भनिएका भन्सारका कर्मचारीसँग समेत टेलिफोनमा कुराकानी गरिएको छ । मन्त्रालयका अनुसार दुबै पक्षसँग कुराकानी गरेसँगै मन्त्रीले बोर्डका सीईओसँग लिखित स्पटीकरण माग गर्न निर्देशन दिएका हुन् ।
सोही अनुसार बोर्ड सञ्चालक समितिका अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव यादव कोइरालाले लिखित स्पष्टीकरण माग गर्ने छन् । उता बोर्डले भने एक विज्ञप्ति जारी गर्दै सामान्य घटनालाई उचालेर ठूलो बनाइएको भन्दै आपत्ति प्रकट गरेको छ ।
कर्मचारीसँग भएको सामान्य भनाभनलाई हात हालेको भन्दै उचालिएको र सीईओले मापसे सेवन गरेको विषय समेत झुट रहेको बोर्डको दावी छ ।