logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • आज कुन राशीलाई कस्तो लाभ ?

    आज कुन राशीलाई कस्तो लाभ ?

    3.1K
    Shares

    काठमाडौं । आजको पात्रो: आज २३ कात्तिक मंगलबार, तद्अनुसार ९ नोभेम्बर । कात्तिक शुक्लपक्ष पञ्चमी, नेपाल (संवत ११४१ कछलाथ्व) चन्द्रमा धनु राशिमा पूर्वाषाढा नक्षत्र, मित्र योगा रहेको छ ।

    आज बिहान सूर्योदय ६ः२१ मा हनेछ भने सूर्यास्त १७ः१३ मा हुनेछ । बिहान ११ः२७ देखि १२ः१० सम्म अभिजित मुहूर्त रहेको छ । दिउँसो ३ः३२ देखि ३ः५४ सम्म राहुकाल रहेको छ ।

    आजका देवता भनेका जलदेवी हुन् । ग्रहदेव राहु हुन् । आजको दिन हुनमानको आरधना गर्ने दिन हो । मंगलबारको दिन पराक्रमका लागि विशेष उपासना गरिन्छ । कात्तिकका देवालय, शिवालयमा गएर भोजन, दक्षिणा दान गर्ने गरिन्छ ।

    आजको राशिफल :

    मेष 

    मेष राशि भएका जातका लागि हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकूल र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक व्यय र हानी हुने देखिन्छ । आजका दिन तपाईँले बजारमा सामान खरिद नगर्दा राम्रो हुन्छ । दैनिक उपभोग बाहेक विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला ।

    वृष

    अध्ययन अध्यापनमा रुचि कम र मनमा चिन्ता बढ्नेछ । कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी भन्दा यात्रा कष्टकर हुनेछ । यात्रा गर्नै पर्ने छ भने पूर्वदिशा तर्फ फर्केर यात्रा शरुवात गर्नुहोला । यात्रा गर्दा दहीको सेवन गर्नुहोला ।

    मिथुन 

    परिवार र आफन्तजनमा विवाद हुनसक्छ । मिथुन राशि भएकाले आजको दिन मौन रहनु ठीक होला । मित्रमण्डली र व्यापार रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ त्यसैले मौन रहेर काम गर्दा तपाईँलाई निकै फाइदा हुन्छ । आवश्यक भन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्ने ।

    कर्कट

    तपाईँको लागि आजको दिन अनुकूल देखिन्छ । धन प्राप्तिको योग छ । नयाँ बस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरण फैलने छन् । विगतमा तपाईँप्रति राग राख्ने मित्रहरु समेत तपाईँलाई सम्मानका शब्द प्रयोग गर्नेछन् । सापट दिएका धन फिर्ता हुनसक्छ ।

    सिंह

    तपाईँले घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । लामो दूरीको यात्रा पनि नगर्दा वेस हुनेछ । स्वास्थ्यमा प्रतिकूल असर र आर्थिक व्यय हुने सम्भावना भावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई धोका हुनसक्छ ।

    कन्या

    दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना बन्न सक्छ । मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । तपाईँले गरेको कामको मानसम्मान र व्यवसायसमेत सोचेभन्दा बढी फाइदा हुनेछ । तपाईँले केही कन्यालाई फलफूल उपहार दिनुभयो भने मनमा प्रशन्नता छाउनेछ । मठमन्दिरमा रहेको बृद्ध मातालाई भोजन दान गर्नुहोला ।

    तुला 

    समय अनुकुल देखिँदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार बढ्नेछ । स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन तुला राशिका जातकले कुनै पनि काम गर्दा ध्यान दिनुहोला । सोचअनुसार काम नहुँदा मनमा उल्टो चिन्ता छाउने छ ।  

    वृश्चिक 

    व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । स्त्रिबाट साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा आमा, श्रीमती, छोरीलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईँको कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनले भेटघाट र भोजनका लागि अनुरोधसमेत गर्नेछन् । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।  

    धनु 

    तपाईँले गरिरहनु भएको काममा सफलता मिल्नेछ । साथ सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। चन्द्रमाको साथ भएकाले आजको दिनमा तपाईँले शुरुवात गर्नुभएको काममा सफलता मिल्नेछ ।  

    मकर 

    मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठमन्दिर वा शिव, विष्णु वा देवीको मन्दिरको दर्शन गर्दा उत्साह प्राप्त गर्न सक्नु हुन्छ ।  हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईँलाई उर्जा थप हुनेछ ।

    कुम्भ 

    आजको दिन अनुकूल देखिदैन । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईँले सोचअनुसारको काममा कठिनाई हुनेछ । व्यापारव्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईँले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।  

    मीन 

    दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग यात्रा गर्नुहोला । घरमा खानेकुरा किनेर ल्याइदा परिवारमा हर्ष छाउने छ । मंगलबारको दिन घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा छोरा वा छोरीलाई दिनुभयो भने घरका सदस्यबीच सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापारव्यवसायबाट नसोचेको  फाइदा मिल्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend