logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नामिबियामाथि सानदार जित निकाल्दै भारत तेस्रो स्थानमा

    नामिबियामाथि सानदार जित निकाल्दै भारत तेस्रो स्थानमा

    1.5K
    Shares

    काठमाडौं । आईसीसी टी-२० विश्वकपको समूह चरणबाटै बाहिरिसकेका भारत र नामिबियाबीचको खेलमा भारतले सानदार जित निकालेको छ । 

    सोमबार सुपर-१२ को समूह-२ मा रहेको भारतले नामिबियालाई ९ विकेटले हराउँदै तेस्रो स्थानमा रहँदै विश्वकप २०२१ को अन्त्य गरेको हो । 

    जितका लागि १३३ रनको लक्ष्य पाएको भारतले १५ ओभर २ बलमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । ओपनर रोहित शर्माले सर्बाधिक ५६ रन बनाए । भारतका ओपनर लोकेश राहुल ५४ रनमा अविजित रहे ।

    यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनायो । नामिबियाका डेविड विसेले सर्वाधिक २६ रन बनाए ।

    भारत ५ खेलमा ३ जित र २ हारसहित ६ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । नामिबिया ५ खेलमा १ जित र ४  हारसहित २ अंकका साथ पाँचौ स्थानमा रहेर विश्वकपको अन्त्य गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend