काठमाडौं । भारतमा कोरोनाभाइरसबाट थप ११ हजार ४६६ जना नयाँ संक्रमित थपिएका छन् ।
अघिल्लो दिनको तुलनामा यो संख्या केही बढेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधवार बताएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या १ लाख ३९ हजार ६८३ पुगेको पनि अधिकारीहरुले बताएका छन् ।
यो संख्या २६४ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये ९८ दशमलव २५ प्रतिशत संक्रमणमुक्त भएका छन् । भारतमा गएको जनावरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।
सो समयदेखि हालसम्म देशभरी १ अर्ब ६ करोडभन्दा बढी मानिसले कोरोनाभाइरस विरुद्धको खोप लगाइसकेका छन् ।
एजेन्सीको सहयोगमा