logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नेपाललाई बंगबन्धु बीकेएसपी कप क्रिकेट उपाधि 

    नेपाललाई बंगबन्धु बीकेएसपी कप क्रिकेट उपाधि 

    1.7K
    Shares

    काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले बंगबन्धु बीकेएसपी कप वुमन फ्रेन्डसिप टी–२० सिरिज जितेको छ । बुधबार बंगलादेशको बीकेएसपीको टिमलाई सात विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालले सिरिज २–१ ले आफ्नो पक्षमा पार्न सफल भयो । 

    विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपाली टिम बंगलादेशमा बन्द प्रशिक्षणका लागि गएको थियो । बंगलादेशमा रहँदा नेपाली टिमले प्रशिक्षणसँगै सिरिज अन्तर्गत तीन मैत्रीपूर्ण खेल समेत खेल्यो ।

    पहिलो खेल २४ रनले जितेको नेपालले दोस्रो खेल पाँच् विकेटले गुमाएको थियो । अन्तिम खेलमा भने नेपाल सात विकेटले विजयी भयो ।  घरेलु टोली बंगलादेशले प्रस्तुत गरेको ५४ रनको सामान्य लक्ष्य नेपालले १४ ओभरमा तीन विकेटको लक्षतिमा पूरा गरेको थियो ।

    नेपालका लागि कबिता जोशीले अविजित १४ र सरिता मगरले अविजित १३ रन बनाए । काजल श्रेष्ठ १०, सिता राना पाँच र इन्दु वर्मा ६ रनमा आउट भए । बलिङमा बंगलादेशकी काब्या खातुनले दुई तथा रब्याले एक विकेट लिए । 
    पहिले ब्याटिङ गरेको बंगलादेशको बीकेएसपीले १६.५ ओभरमा सवै विकेट गुमाएर ५३ रन बनाएको थियो । 

    बंगलादेशकी बोन्याले अविजित १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङमा नेपालका लागि रुबिना क्षेत्रीले चार, करुणा भण्डारीले दुई विकेट लिईन् । कबिता कुवर र सिता रानाले एक एक विकेट लिए । अन्तिम खेलको वमन अफ दी म्याच बनेको नेपाकी कप्तान रुबिना क्षेत्री प्लेयर अफ दी सिरिज समेत घोषित भईन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend