logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • आज कुन राशिलाई कस्तो लाभ ? 

    आज कुन राशिलाई कस्तो लाभ ? 

    3.3K
    Shares

    काठमाडौं । आज २५ कात्तिक,बिहीबार । तद्अनुसार २२  नोभेम्बर २०२१ ।  नेपालसंवत ११४२ । कात्तिक शुक्ल सप्तमी, आजको उदाउदो सूर्यको दर्शन गरेपछि छठ पर्वको समापन हुने गर्छ ।

    आजको सूर्यदर्यो बिहान ६ बजेर २२ मिनेटमा हुनेछ भने सूर्यास्त १७ः१२ मा हुनेछ । विस्तारै दिन छोटो र रात लामा हुँदैछन् । आज श्रवण नक्षत्र र चन्द्रमा मकर राशिमा र गण्ड योग रहेको छ । देवता अग्निदेव र ग्रहदेव शनि रहेको छ ।

    आजको दिन अध्ययन अध्यापन गर्ने व्यक्तिले देवालय र शिवालयमा दर्शन र दान गर्नु निकै उत्तम मानिन्छ । बिहान अभिजित मुहूर्त ११ः२७ देखि १२ः१० सम्म रहेको छ । त्यस समयमा गरिने कार्यले मनमा प्रसन्नता छाउने छ ।

    आजको राशिफलः 

    मेष 
    सामाजिक र धार्मिक काममा गर्नुहुने कामबाट तपाईँलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईँको मनमा हर्ष छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ ।

    वृष  
    आकस्मिक धनलाभ हुनेछ । व्यापारव्यवसायबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।

    मिथुन 
    धनलाभ र नयाँ नयाँ खबरले तपाईँको मनमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि तपाईँले गरेको कामअनुसारको फल प्राप्त हुनेछ ।  

    कर्कट 
    कर्कट राशिका जातकका लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्रामा बाधा आउनसक्छ । तपाईँले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला । तपाईँको सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ ।  

    सिंह 
    सिंह राशिका जातकले बिहीबार बिहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईँलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईको लागि शुभ हुनसक्छ ।

    कन्या 
    यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्रो हुनेछ । स्त्रि जातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

    तुला 
    तुला राशिमा जातका लागि मानसिक असन्तोष र तपाईँले सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापारमा हुनुहुन्छ भने आजको दिन फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला ।

    वृश्चिक 
    बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।

    धनु 
    सन्तान र स्त्रिजातिको साथ सहयोगले तपाईको कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ। साथ सहयोग कसैको नहुँदा पनि तपाईँको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला ।  

    मकर 
    चन्द्रमाको साथ छ । आजको दिन तपाईँले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिँडिरहेकालाई नसोचेको सम्मान मिल्नसक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ  बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।    

    कुम्भ 
    मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिलनेछ । सामाजिक काममा मन जानेछ । तपाईँले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् ।  

    मीन 
    मीन राशी भएकाले बिहीबार बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन बिहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । यात्रा र धार्मिक कार्यमा लाग्नु भयो भने मनमा उत्साह भरिने छ ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend