logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • कोलम्वियालाई पराजित गर्दै ब्राजिल फिफा विश्वकपमा छनोट 

    कोलम्वियालाई पराजित गर्दै ब्राजिल फिफा विश्वकपमा छनोट 

    3K
    Shares

    काठमाडौं । ब्राजिलले कतार फिफा विश्वकपमा  स्थान पक्का गरेको छ । शुक्रबार बिहान भएको खेलमा कोलम्वियालाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा ९ अंकको अग्रता बनाउँदै विश्वकपमा छनोट भएको हो । 

    १२ खेलमा ११ जित र १ बराबर खेलेको ब्राजिल ३४ अंक बनाएर ६ खेल बाँकी रहँदै विश्वकपमा स्थान पक्का गरेको हो ।

    घरेलु मैदानमा ब्राजिललाई जिताउन लुकास पाक्वेटाले खेलको ७२ मिनेटमा निर्णायक गोल गरे । अर्को खेलमा इक्वेडरले भेनेजुएलालाई तथा चिलीले पाराग्वेलाई १–० ले पराजित गरेका छन् । 

    जितसँगै अपराजित ब्राजिलको शीर्ष स्थानमा छ । ११ खेलमा २५ अंक बनाएको अर्जेन्टिना दोस्रो स्थानमा छ ।

    ईक्वेडर २० अंक सहित तेस्रो स्थानमा रहँदा समान १६ अंक बनाएका चिली, कोलम्बिया र उरुग्वे गोल अन्तरका आधारमा चौथो, पाँचौं र छैटौं स्थानमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend