logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • पोर्चुगल रोकियो, स्विडेन पराजित हुँदा स्पेनको कठिन जित

    पोर्चुगल रोकियो, स्विडेन पराजित हुँदा स्पेनको कठिन जित

    3K
    Shares

    काठमाडौं । पाब्लो सराबियाको निर्णायक गोलमा स्पेनले कतार फिफा विश्वकप तथा युरोपियन छनोट खेलमा कठिन जित निकालेको छ । 

    बिहीबार राति भएको समूह ‘बी’को खेलमा स्पेनले ग्रीसलाई १० गोल अन्तरले पराजित गरेको हो ।

    २६औँ मिनेटमा पाब्लो सराबियाले गरेको पेनाल्टी गोल निर्णायक भए पनि स्पेनले महत्वपूर्ण ३ अंक हासिल गरेको हो । 

    समूह ‘बी’ कै अर्को खेलमा जर्जियाले स्विडेनलाई २–० गोल अन्तरले पराजित गरेको छ । जर्जियाको जितमा केचभिचा केभारात्स्केलिया २ गोल गरे । 

    खेलसँगै स्पेन ७ खेलमा ५ जित, १ बराबर र १ हारसहित १६ अंक बनाएर शीर्ष स्थानमा छ । १५ अंक रहेको स्विडेन दोस्रो स्थानमा छ भने ९ अंक बनाएको ग्रीस तेस्रो स्थानमा छ । ७ अंक जोडेको जर्जिया चौथो स्थानमा रहँदा कोसोभो ४ अंक सहित पाँचौं स्थानमा छ । 

    समूह ‘ए’ को खेलमा १० खेलाडीमा समेटिएको पोर्चुगल आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको छ । 

    प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले केहि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।  खेलमा पोर्चुगलका पेपे दोहोरो पँहेलो कार्ड पाउँदै ८२औं मिनेटमा मैदान बाहिर पुगेका थिए ।

    समूह ‘ए’ कै खेलमा लक्जेमवर्गले अजरवैजानलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । 

    बराबरीपछि पोर्चुगल ७ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा छ । समान १७ अंक भएपनि गोल अन्तरका आधारमा सर्बिया दोस्रो स्थानमा छ । लक्जेमवर्ग ९ अंक जोडेर तेस्रो स्थान रहँदा आयरल्यान्ड ६ अंक जोडेर चौथो स्थानमा छ भने अजरबैजान १ अंक सहित पुछारमा छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend