logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • ए डिभिजन लिग : टिकट दर सय र पाँच सय, फ्लड लाइटमा खेल, दर्शकलाई मैदानमै रिफ्रेसमेन्ट सुविधा

    ए डिभिजन लिग : टिकट दर सय र पाँच सय, फ्लड लाइटमा खेल, दर्शकलाई मैदानमै रिफ्रेसमेन्ट सुविधा

    2.7K
    Shares

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३ मंसिरदेखि सुरू हुने शहीद स्मारक ‘ए’ लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । लिग पहिलो पटक फ्लड लाइटमा हुने एन्फाले जनाएको छ । यस्तै एन्फाले टिकट दरसमेत घोषणा गरेको छ ।  

    एन्फाले लिगको साधारण तर्फको १०० र भीआईपी तर्फको ५०० रुपैयाँ टिकट दर निर्धारण गरेको  महासचिव इन्द्रमान तुलाधरले बताए । एन्फाले पहिलो पटक लिगमा दर्शकलाई मध्यनजर गर्दै रिफ्रेसमेन्ट सुविधाको घोषणा गरेको छ ।

    अब एन्फाले खेल हेर्दा कफी, चिया, बर्गरलगायतका सुविधाहरू रहेको लिग निर्देशक सन्जिव मिश्रले जानकारी दिए । एन्फाले लिगको केही खेल पोखरामा समेत गर्ने र प्रत्येक शुक्रबार र शनिबारका खेल फ्लड लाइटमा हुनेसमेत बताएको छ । 

    लिगमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, हिमालयन शेर्पा फुटबल क्लब, सातदोबाटो फुटबल क्लब, मनाङ मर्स्याङदी फुटबल क्लब, थ्री स्टार फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेन्डस फुटबल क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लब गरी १४ टोलीको सहभागिता रहनेछ । 

    लिग तालिकाको पुछारमा रहने दुई टोली रेलिगेसनमा पर्नेछन् । लिग विजेता टोलीले रु ७५ लाख, उपविजेताले रु ५० लाख र तेस्रो हुनेले रु २५ लाख पुरस्कार प्राप्त गर्नेछ । लिगको उद्घाटन खेलमा  सातदोबाटो युथ र फ्रेन्डस् फुटबल क्लबबीच हुने तालिका रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend