logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • इक्वेडरको कारागारमा झडप हुँदा ५८ जना कैदीको मृत्यु

    इक्वेडरको कारागारमा झडप हुँदा ५८ जना कैदीको मृत्यु

    1.8K
    Shares

    एजेन्सी, क्विटो । इक्वेडरमा एउटा कारगारमा भएको झडपमा कम्तिमा ५८ जनाको मृत्यु भएको छ । दक्षिणी इक्वेडरको पेनिटेनसियारिअ डेल लिटरोल कारागारमा शनिवार राती भएको झडपमा अन्य दर्जनौं बन्दी घाइते भएका छन् । कारगारभित्र दुई समूहका बन्दीबीच झडप भएको थियो ।

    सोही कारागारमा यही सेप्टेम्बरमा भएको झडपमा ११९ कैदी मारिएका थिए । सो हिंसालाई इक्वेडरको इतिहासमै सबैभन्दा खराब बताइएइको थियो ।

    कारागारभित्र झडप बढ्नुको मुख्यक कारण लागुऔषधि तस्कर समूहबीचको विवाद भएको सरकारले बताउँदै आएको छ । तस्कर समूहका एक नायिकेको रिहाइलाई लिएर पछिल्लो हिंसा भड्किएको गुआएज प्रान्तका  गभर्नर पाब्लो एरोजमेनाले एउटा पत्रकार सम्मेलनमा जानाकारी दिए । 

    कारागारको एउटा ब्लकको नायिकेको रिहा भएको थाहा पाएपछि अर्को समूहले आक्रमण सुरु गरेको थियो ।  झडप नियन्त्रण गर्न प्रहरीले गोलीसमेत चलाएको थियो । जेलभित्र  ठूला बिस्फोटका आवाजसमेत सुनिएको हिंसापछि सार्वजनिक भएको एउटा भिडियोमा देख्न सकिन्छ । झडपपछि कारागारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend