काठमाडौं । नेकपा एमालेको भातृ संस्था नेपाल खेलकुद महासंघले मंसिर ५ र ६ गते ‘खेल नीति सम्मेलन’ गर्ने भएको छ । खेलकुद क्षेत्र नीतिगत समस्यामा अल्झिको निष्कर्ष निकाल्दै महासंघले सहजीकरण गर्नका लागि सम्मेलन गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रमेश पौडेलले बताए ।
‘देश संघीय संरचनामा गए पनि समग्र खेलकुद क्षेत्रको नेतृत्व गर्ने राष्ट्रिय खेलकुद परिषद् राखेप, प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति तथा स्थानीय पालिका खेलकुद विकास समितिबीच पछिल्लो समय नीतिगत समस्याका कारण आवश्यक सहकार्य हुन नसकेको अवस्था छ । सम्मेलनमार्फत हामी नीतिगत सुधारका लागि सुझाव दिन चाहन्छौं,’ पौडेलले भने ।
दुई दिने नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । सम्मेलनका खेलकुदसँग सरोकार राख्ने सबै निकायको सहभागिता रहने बताक्ष्ईएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि १३ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको जानकारी पनि अध्यक्ष पौडेलले दिए ।