काठमाडौं । प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंसिर ३ गतेसम्म चल्ने प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गरे ।
प्रतियोगितामा महिलातर्फ आठ तौल समूहमा तथा पुरुषतर्फ १३ वटा तौल समूहमा गरी २१ स्वर्णपदकका लागि भिडन्त हुने नेपाल बक्सिङ संघले जनाएको छ ।
उद्घाटन कार्यक्रममा मन्त्री गहतराजलेसमग्र खेलक्षेत्रको विकासकालागि आफु चिन्तित रहेको बताए । खेल क्षेत्रको विकासमा अबरोध पुर्याउने छुट कसैलाई नरहेको उल्लेख गर्दै उनले त्यसखालको प्रवृत्तिलाई हाटाउँदै अगाडी बढ्न आफु प्रतिवद्ध रहेको पनि बताए ।