logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    दोहा विमानस्थलमा निवस्त्र पारिएका महिलाहरूले कतार सरकारविरुद्ध मुद्दा दायर गर्दै 

    दोहा विमानस्थलमा निवस्त्र पारिएका महिलाहरूले कतार सरकारविरुद्ध मुद्दा दायर गर्दै 

    4.2K
    Shares

    एजेन्सी, दोहा । दोहा विमानस्थलमा निवस्त्र पारिएका अस्ट्रेलियाली महिलाहरूले कतार सरकारविरुद्ध मुद्दा दायर गर्ने भएका छन् । 

    सन् २०२० को अक्टोबरमा हमाद विमानस्थलमा नवजात शिशु भेटिएपछि ती महिलाहरूलाई उड्न तयारी रहेको विमानबाट ओरालेर निवस्त्र पारिएको थियो । सुत्केरी भएको आशंकमा निवस्त्र महिलालाई परीक्षण गरिएको थियो । कतार एअरवेजको विमानबाट ओरालेर एम्बुलेन्समा राखिएका महिलालाई नर्सहरूले भित्री वस्त्र फुकाल्न लगाएरजाँच गरेका थिए ।

    निवस्त्र पारिएको घटनाबारे महिलाहरुको विरोधपछि कतारले माफी मागेको थियो । कतारका तत्कालिन प्रधानमन्त्री खालिद अल थानीले सरकारका तर्फबाट क्षमा मागेका थिए । घटनामा संलग्न विमानस्थलका एक अधिकारी निलम्बनमा परेका थिए । 

    करिव पाँच मिनेट परीक्षणगरेपछि उनीहरूलाई पुनः विमानमा चढाइएको थियो । अस्ट्रेलियामा उत्रिएपछि पीडितहरूले प्रहरीलाई उजुरी दिएका थिए । सो घटनाको अन्र्राष्ट्रिय समुदायले निन्दा गरेको थियो ।
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend