काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज मंगलबार कतारसँग दोहामा टी–२० सिरिज खेल्दैछ ।
आईसीसी महिला टी–२० विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी–२० सिरिज खेल्न लागेको हो । नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक टी–२० सिरिज खेल्न लागेको हो । नेपाली महिला टोलीको यो पहिलो अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिता हो ।
कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा हुने खेलमा नेपाली टोलीको लक्ष्य घरेलु टोली कतारलाई हराउने रहेको छ । नेपाल र कतारबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । नेपाली महिला टोलीले झण्डै दुई बर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । नेपालले पछिल्लो पटक १३औं दक्षिण एीसयाली खेलकुद (साग) खेलेको थियो ।
कतारसँगको सिरज अन्तर्गत नेपालले दोस्रो खेल मंसिर १ र तेस्रो खेल मंसिर २ गते खेल्नेछ । त्यसपछि नेपाली टोली उतैबाट नोभेम्बर १९ तारिख दुबई प्रस्थान गर्नेछ । विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा हुनेछ । छनोटका लागि नेपालले यसअघिनै रुबिना क्षेत्रीको कप्तानीमा खेलाडी टोलीको घोषणा गरिसकेको छ ।