logo

२०८१ पुष २५ बिहिबार

logo
  • बिहिबार, २५ पुष २०८१
  • ‘काठमाडौंमा धुलो धुवाँ बढ्यो, अब सबैले विद्युतीय सवारी साधन किनौं’ : प्रधानमन्त्री देउवा   

    ‘काठमाडौंमा धुलो धुवाँ बढ्यो, अब सबैले विद्युतीय सवारी साधन किनौं’ : प्रधानमन्त्री देउवा   

    2.1K
    Shares

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले अब विद्युतीय सवारी साधनको विकल्प नभएको बताएका छन् ।

    मंगलबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को १९ र २०औं वार्षिक साधारणसभामा आफ्नो धारणा राख्दै उनले अब पेट्रोल तथा डिजेलबाट चल्ने सावरी साधनभन्दा पनि विद्युतीय सवारी साधनलाई बढाउनु पर्ने बताएका हुन् ।

    उनले अब विस्तारै सबैले इलेक्ट्रिक सवारी साधन खरिद गर्नु पर्ने पनि बताए । ‘हामीले ग्याँसको चुल्हो किन किन्ने ? डिजेल पेट्रोलको सवारी साधन किन किन्ने ? अब हामी सबैले इलेक्ट्रिक चुल्हो र विदुतीय गाडी चलाऔं, पेट्रोलबाट चल्ने सवारी साधनले काठमाडौंमा धुलो धुवाँ बढ्यो, अब सबैले विद्युतीय सवारी साधनमा नजानुको विकल्प छैन,’ उनले भने ।

    उनले विद्युतको खपत बढाउनका लागि पनि विभिन्न कायहरु बढाउनु पर्ने बताए । ‘भारतले बिजुली किनेन भने के गर्ने ? उसले सधैं किन्छ भनने पनि छैन, हामीले उत्पादन गरेको बिद्युत हामी हाफैले खपत गर्न सक्नुपर्छ, देशमै बिद्युत खपत हुने वातावरण हामी आफैले सिर्जना गर्नुै पर्छ, त्यसका लागि के नीति आवश्यक पर्छ ? के सहुलियत दिनु पर्छ,’ सरकार तयार छ,’ उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend