२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

एआई क्षेत्रमा २ वर्षमा भारतमा ३ अर्ब अमेरिकी डलर लगानी गर्ने माइक्रोसफ्टको घोषणा

बिहिवार , पौष २५, २०८१

नयाँ दिल्ली, सिन्ह्वा । अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले आगामी दुई वर्षमा भारतमा क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधार र प्रशिक्षणमा तीन अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।

माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नडेलाले हाल बेङ्गलुरुमा आयोजित एक कार्यक्रममा उक्त घोषणा गरे ।

टेक दिग्गजले सन् २०३० सम्ममा भारतमा एक करोड मानिसलाई एआई सीपमा तालिम दिनेछ ।

माइक्रोसफ्टले देशका डाटा सेन्टर क्याम्पसमा आफ्नो क्लाउड र एआई पूर्वाधार विस्तार गर्ने बताएको छ । माइक्रोसफ्टसँग पहिले नै बजारमा तीन डाटा केन्द्र क्षेत्रहरू छन् ।

'यो लगानीले भारतको द्रुत रूपमा विस्तार भइरहेको एआई स्टार्ट–अप र अनुसन्धान को बढ्दो मागहरू पूरा गर्ने लक्ष्य राखेको छ' टेक विशालले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

यो पनि : 

एआई डाटा सेन्टर बनाउन ८० अर्ब डलर लगानी गर्ने माइक्रोसफ्टको घोषणा

मानव जीवनको खोजमा एआई प्रविधिको प्रयोग

एआई प्रविधि विकास र प्राकृतिक समस्यामा जुधेको सन् २०२४

एआई डाटा सेन्टर बनाउन ८० अर्ब डलर लगानी गर्ने माइक्रोसफ्टको घोषणा

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट