logo

२०८१ पुष २५ बिहिबार

logo
  • बिहिबार, २५ पुष २०८१
  • बार पदाधिकारीसँग असन्तुष्ट न्यायाधीशहरूले भने : अवरोध धेरै नलम्ब्याउँ

    बार पदाधिकारीसँग असन्तुष्ट न्यायाधीशहरूले भने : अवरोध धेरै नलम्ब्याउँ

    2.7K
    Shares

    काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार तथा सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीबीचको छलफल मंगलबार पनि बिना निष्कर्ष टुंगिएको छ ।

    सर्वोच्च अदालतको एनेक्स हलमा दुई घण्टा बढी चलेको छलफलमा न्यायाधीशहरुले सेवा प्रवाहको अवरोध धेरै लम्ब्याउन नसकिने धारणा बारका पदाधिकारीसँग राखेका छन् ।

    बारका पदाधिकारीले भने कुनै हालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा बटमलाइन भएको बताउँदै आफ्ना कुरा राखेका थिए । यसमा न्यायाधीशहरुले आन्तरिक छलफल गर्ने जवाफ दिएको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । ुहामीले यो यो कारणले प्रन्याले राजीनामा दिनुपर्छ भन्यौं । न्यायाधीशहरुले आन्तरिक छलफल गर्ने कुरा गर्नुभयो,ु उनले भनिन् ।

    छलफलमा न्यायाधीशहरुले अहिलेको अवस्था प्रधानन्यायाधीश राणाकै कारण आएको, यसलाई समाधान गर्न गैरजिम्मेवार देखिएको भन्दै तर सेवा प्रवाहको अवरोध धेरै लम्ब्याउन हुँदैन भन्ने धारणा राखेका थिए । यद्यपि इजलासमा फर्किने वा नफर्किने, अब के गर्ने भन्ने स्पष्ट जवाफ दिएनन् ।

    अहिले न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छन् । बारका पदाधिकारीसँगको छलफलमा १३ न्यायाधीश सहभागी थिए । केही न्यायाधीशले भने छलफलमा अनुपस्थित भएर इजलासमा मुद्दा हेरेका छन् । 

    उता न्यायाधीशहरुसँग छलफल गरेका बारका पदाधिकारी फर्केर बैठकमा छन् । तेस्रो चरणको आन्दोलनका लागि बारको कार्यसमिति बैठक बसिरहेको छ । तेस्रो चरण अन्तर्गत प्रधानन्यायाधीशलाई कार्यकक्षमा अर्थात कुर्सीसम्म पुग्न नदिने देखि सडकमा उत्रिनेसम्मका सुझाव आएकोले छलफल गरेर कार्यक्रम तय गरिने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend