काठमाडौं । पछिल्लो २४ घण्टामा ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट भएको परीक्षणमा ३३९ जना र एन्टिजेन विधिबाट भएको परीक्षणबाट ३८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ६७२ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १७४ पुगेको छ । नेपालमा कोरोनाभाइरसबाट हालसम्म ११ हजार ४८२ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार हाल संक्रमितमध्ये ७ लाख ९८ हजार ७१४ निको भएका छन् । हाल देशभर सक्रिय संक्रमित ७ हजार ४७६ जना रहेका छन् ।