logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • भारतमा कोभिड संक्रमण दर निरन्तर घट्दो

    भारतमा कोभिड संक्रमण दर निरन्तर घट्दो

    2.6K
    Shares

    एजेन्सी, नयाँ दिल्ली । भारतमा कोभिड संक्रमण दर निरन्तर घटिरहेको छ । कूल संक्रमितमध्ये ० दशमलब ३९ प्रतिशत मात्र संक्रीय संक्रमित रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेको संक्रमण दर सन् २०२० को मार्च महिनापछिकै न्यून देखिएको छ । त्यस्तै, संक्रमणबाट निको हुने दर पनि निरन्तर बढिरहेको छ ।

    अहिले कोभिड संक्रमणबाट निको हुने दर ९८ दशमलब २६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यो दर सन् २०२० पछिकै उच्च हो । । भारतमा अझै पनि १ लाख ३६ हजार संक्रमित छन् । अहिले औषतमा दैनिक १० हजार संक्रमित भेटिएका छन् । भारतमा कोभिडबाट अहिलेसम्म ४ लाख ६३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

    खोप अभियान तीब्र पारिएसँगै कोभिडबाट संक्रमित हुनेहरूको संख्या  पनि निरन्तर घटिरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend