अर्घाखाँच । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाअधिवेशनका लागि अर्घाखाँचीबाट १६ जना प्रतिनिधि छानिएका छन् । १०–१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि प्रतिनिधिको टुंगो लागेको हो ।
अर्घाखाँचीबाट खुलातर्फ चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे,कुटमुद्दिन अलि, जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तोजबहादुर रायमाझी , काशिराम आचार्य र खगिश्वर पन्थी महाधिवेशन प्रतिनिधि बनेका छन् ।
महिलातर्फ जालपा भुसाल, प्रमिला क्षेत्री, बिजुला रायमाझी र बिष्णुमायाँ आचार्य रहेका छन्।
दलिततर्फ भोजबहादुर गन्धर्व, लिलबहादुर विक र शिवकला विक महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।