logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • सोमालियाका प्रख्यात पत्रकार गुलेदकाे आत्मघाती हमला गरी हत्या

    सोमालियाका प्रख्यात पत्रकार गुलेदकाे आत्मघाती हमला गरी हत्या

    1.5K
    Shares

    मोगादिसु । सोमालियाका प्रख्यात पत्रकार अब्दियाजिज मोहमसद गुलेदकाे हत्या भएकाे छ । उनकाे आइतबार राजधानी मोगादिसुमा आत्मघाती वम हमलामा हत्या  गरिएकाे हाे ।

    सहरको रेस्टुरेन्टबाट निस्कँदै गर्दा मध्यान्हमा उनीमाथि हमला भएको बताइएको छ । उक्त घटनामा अरु दुईजना पनि घाइते भएका प्रहरीले बताएकाे छ । घाइतेहरूको अहिले अस्पतालमा उपचार भइरहेको छ । अल शबाबले यस घटना आफूले गराएको दाबी गरेको छ । अब्दियाजिज अफ्रिका नामले समेत चिनिने पत्रकार रेडियो मोगादिसुमा कार्यरत थिए ।

    प्रहरीका अनुसार रेस्टुरेन्ट नजिकै एउटा कारको अगाडि आक्रमणकारीहरूले बम विस्फोट गराएका थिए । सोमाली प्रधानमन्त्री मोहमद हुसेन रोबलले घटनाप्रति दुख व्यक्त गर्दै मृतकका परिवारलाई समवेदा प्रकट गरेका छन् । साथै उनले पत्रकार गुलेदलाई “राष्ट्रिय हिरो” को रुपमा प्रशंसा गरेका छन् ।

    गुलेद विशेषगरी प्रभावशाली अन्तर्वार्ता लिने पत्रकारको रुपमा देशभर प्रख्यात थिए । उनी सशस्त्र लडाकू समूह अल शबाबको आलोचकको रुपमा पनि चिनिन्थे । सोमालियामा सक्रिय अल शबाबले भने २०१० यता ४ हजार हत्याको जिम्मेवारी लिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend