logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • तालिवानले १०० पूर्वसुरक्षाकर्मीको हत्या गरेः ह्युमन राइट वाच

    तालिवानले १०० पूर्वसुरक्षाकर्मीको हत्या गरेः ह्युमन राइट वाच

    1.8K
    Shares

    काबुल, १५ मंसीर । तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीको हत्या गरेको मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएको छ । तालिवानले पूर्वसरकारका सुरक्षाकर्मीलाई क्षमा दिने बताए पनि स्थानीय कमान्डरले पूर्वप्रहरी र सेनालाई निशाना बनाएको वाचले जनाएको हो ।

    वाचले पूर्वसेनामाथि गरिएका योजनाबद्ध हत्याको विरोध गरेको छ । पूर्वसुरक्षाकर्मीमाथि कुनै कारबाही नभएको हालै तालिवान प्रवक्ताले जनाएका थिए ।

    तालिवानले १५ अगस्टमा पूर्वराष्ट्रपति असरफ गनीको सरकार पदच्युत गरेको थियो । तालिवानको पुनस् उदयपछि अफगानिस्थानमा विगत २० वर्षदेखि रहेको अमेरिकी सेनाले काबुल छोडेको थियो ।

    पूर्वसरकारका सुरक्षाकर्मीलाई अ‌ाममाफी दिइने बताए पनि उनीहरुमाथिको शृंखलाबद्ध हमला रोकिएको छैन् । तालिवानले ठूलो संख्यामा प्रहरी र सर्वसाधरणको हत्या गरेको थियो ।

    सत्तापलट गर्नुभन्दा १८ महिनाअघि तालिवानले ठूलो नरसंहार मच्चाएको थियो । उसले न्यायाधीश, पत्रकार र नागरिक अभियन्ताको हत्या गरेको थियो ।

    वाचले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार तालिवानले सत्ता सम्हालेपछि निरन्तर विरोधीलाई निशाना बनाएको उल्लेख छ । वाचका अनुसार तालिवानले गजनी, हेलमन्ड, कुन्दुज र कान्दहरमा १०० जना भन्दा बढीको हत्या गरेको छ । तालिवानले कारबाहीको सूची तयार पारेका व्यक्ति अहिले फेला नपरेकोले उनीहरुको पनि हत्या भएको हुनसक्ने जनाईएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend