logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • एनआरएनए राष्ट्रिय अध्यक्षहरूको भेला, तत्काल निर्वाचनको माग

    एनआरएनए राष्ट्रिय अध्यक्षहरूको भेला, तत्काल निर्वाचनको माग

    2.9K
    Shares

    लण्डन । गैरआवासीय नेपाली संघका राष्ट्रिय अध्यक्षहरूले संघको निर्वाचन तत्काल गराउन माग गरेका छन् । गैरआवासीय नेपाली संघ अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले बुधबार आयोजना गरेको राष्ट्रिय अध्यक्षहरूको जुम भेलामा बोल्ने बक्ताहरूले यस्तो माग गरेका हुन् ।

    गैरआवासीय नेपाली संघ इटालीका अध्यक्ष छलिलाल कँडेलले संघमा देखिएको विवादले विदेशमा रहेका नेपालीमा विभाजन ल्याएको बताए । उनले संघभित्र देखिएको समस्याले एनआरएनएप्रति वितृष्णा भएको बताए ।

    एनआरएनए डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारीले एकले अर्कोलाई हिलो छ्याप्ने काम नगर्न आग्रह गरे । उनले संघको केन्द्रीय समिति र एनसीसीबीच समन्वय हुनु पर्नेमा जोड दिए । उनले संघको विवाद टुंग्याएर तत्काल चुनाव गर्न माग गरे ।

    एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्ताफाले संघको १०औँ महाधिवेशन चाडो भन्दा चाडो हुनु पर्नेमा जोड दिए । उनले संघका अधिकांस राष्ट्रिय समिति तत्काल विवाद मिलाएर निर्वाचनमा जानु पर्ने पक्षमा रहेको बताए ।

    गैरआवासीय नेपाली संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाले संघको नेतृत्वलाई सबै पक्षलाई समेटर लैजना सुझाव दिए ।

    संघका सल्लाहकार विश्वआर्दश पण्डितले नयाँ निर्वाचन समिति गठन गरेर छुट्टै निर्वाचन घोषणा गर्न आग्रह गरे ।

    गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि २६ डिसेम्बरमा मिति तय भएको छ । नेतृत्वका लागि डा. बद्री केसी, रविना थावा र कुल आचार्य चुनावी मैदानमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend