logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • तालिवानलाई राजनीतिक मान्यता नदिए कूटनीतिक मिसन खोल्ने युरोपेली देशको तयारी

    तालिवानलाई राजनीतिक मान्यता नदिए कूटनीतिक मिसन खोल्ने युरोपेली देशको तयारी

    1.7K
    Shares

    एजेन्सी । युरोपेली युनियनमा आबद्ध अधिकांश देशहरुले अफगानिस्तानमा संयुक्त कूटनीतिक मिसन खोल्ने तयारी गरिरहेका छन्  । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोले सो जानाकारी दिएका हुन् । अफगानिस्तानमा रहेका विदेशी नियोगका प्रमुख र राजदूतहरुको सुरक्षाका लागि संयुक्त कूटनीतिक मिसन अ‌ावश्यक भएको उनले बताए । मिसन चाँडै स्थापना हुने पनि उनको विश्वास छ । 

    तालिवानले अगस्टमा अफगान सत्ता नियन्त्रणमा लिएपछि पश्चिमा देशहरुका राजदूतहरुले देश छोडेका थिए । तालिवानले नियुक्त गरेका अधिकांश मन्त्रीलाई अमेरिका र राष्ट्रसंघले प्रतिबन्ध लगाएका छन् । हाम्रा राजदूतहरुलाई सहज बनाउन अफगानिस्तानमा युरोपेली मुलुकको साझा संगठन खोल्ने बारेमा हामीले साचिरहेका छौं , म्याँक्रोले भने । 

    उनले अगाडि भने, तालिवानलाई राजनीतिक रुपमा मान्यता दिनु भन्दा वा उनीहरुसँग राजनीतिक विषयमा छलफल गर्नु भन्दा साझा राजनीतिक मिसन खोल्नु उपर्युक्त हुन्छ ।

    यसैबीच, देशबाहिर जान चाहेका करिव ३००अफगानीलाई कतारले उदार गरेको फ्रान्सले जनाएको छ । 

    अमेरिकी सेनाले अफगानिस्तान छोडेको अन्तिम दिन करिव एक लाख २४ हजार मानिसले देशबाट बाहिरिएका थिए । सम्बन्धित देशहरुमा जानुअघि उनीहरु सबै जना कतार पुगेका  थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend