logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • बेइजिङ ओलम्पिक कूटनीतिक रुपमा बहिस्कार गर्ने अमेरिकाको घोषणा

    बेइजिङ ओलम्पिक कूटनीतिक रुपमा बहिस्कार गर्ने अमेरिकाको घोषणा

    3.1K
    Shares

    एजेन्सी । अमेरिकाले चीनको राजधानी बेइजिङमा हुने हिउँदे ओलिम्पिकलाई कूटनीतिक रूपमा बहिस्कार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधिकार उल्लंघनमा घटनामा  बृद्धि भएको आरोप लगाउँदै चीनले हिउँदे अ‌ोलम्पिकलाई बहिस्कारको घोषणा गरेको हो । तर, अमेरिकी खेलाडी भने सो प्रतियोगितामा सहभागी हुने सरकारले जनाएको छ ।

    चीनले सिन्जियाङका अल्पसंख्यक मुसलमानको दमन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । हङकङको राजनीतिक स्वतन्त्रतामा दमन गरेको पनि अमेरिकाले चीनमाथि आरोप लगाउँदै आएको छ ।

    एक महिनाअघि मात्र अमेरिकी राष्ट्रपति जो बाइडनले शीतकालीन ओलिम्पिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए।

    चीनमा भइरहेका मानव अधिकार हनन र दुर्व्यवहारका घटनाको विरोधमा अमेरिकाले कूटनीतिक तरिकाले बेइजिङ ओलम्पिक बहिस्कार गर्नुपर्ने डेमोक्रयाटिक र रिपब्लिकन नेताहरुले बताउँदै आएका थिए ।

    बेइजिङ ओलम्पिक आगामी ४ फेब्रुवरीदेखि सुरु हुँदैछ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend