logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • अमेरिकाले वर्षेनी १५ करोड मानिसलाई पुग्ने खानेकुरा फाल्छ 

    अमेरिकाले वर्षेनी १५ करोड मानिसलाई पुग्ने खानेकुरा फाल्छ 

    4.2K
    Shares

    एजेन्सी । अमेरिकाले उत्पादन हुने खानेकुराको एक तिहाई खानेकुरा फाल्ने गरेको छ । अमेरिकाको वातावरण संरक्षण सम्बन्धी निकाय इपीएचले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । अमेरिकाले यसअघि सन् २०३० सम्म  खाद्यन्न फोहर आधा कटौती गर्ने प्रतिबद्धता जनाएको थियो । 

    खाद्यन्न हिनामिना गर्दा लाखौं डलर नोक्शान हुने र यसले जलवायु परिवर्तनमासमेत असर गर्छ । ठूलो परिणााममा खाद्यन्न फोहर लेन्डफिल साइटमा फाल्दा यसले वातावरणमा असर गर्ने मिथेन ग्यास उत्सर्जन गर्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् । 

    सन् २०१५ मा पेरिस सम्झौतामा उल्लेख भएबमोजिम विश्व तापमानलाई १ दशमलब ५ मा झार्न अमेरिकामा खाद्य प्रणालीमा परिवर्तन गर्न आवश्यक छु, प्रतिवेदनमा भनिएको छ । 

    जिवास्मबाट निस्काशन हुने इन्धन रोक्न सके पनि खाद्य फोहर फाल्ने अहिलेको प्रवित्तिले विश्व तापमानलाई १ दशमलब ५ मा झार्ने लक्ष्य प्राप्त गर्न सक्दैन, प्रतिवेदनमा भनिएको छ । अमेरिकामा वर्षेनी ७ करोड ३० लाख देखि १५ करोड २० लाख मेट्रिक टन खाद्यन्न खेर जाने गरेको भन्दै यो खाद्यन्नले वर्षेनी १५ करोड मानिसलाई खान पुग्ने इपीएचले जनाएको छ । 

    सन् २०१५ मा अमेरिकाको कृषि मन्त्रालय र इपीएचले निजी क्षेत्र र सामुदायिक संगठनहरुको सहकार्यमा खेर जाने खाद्यन्नलाई सन् २०३० सम्म अ‌ाधाले घटाउने घोषणाा गरेका थिए । तर, पनि सफलता प्राप्त गर्न सकेका छैनन् । सन् २०१० मा अमेरिकामा उत्पादन हुने कूल खाद्यन्नको ३१ प्रतिशत खाद्यन्न खेरा जाने गरेको थियो । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend