logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • पुटिनले भारतमा ६ घण्टा विताए, दुई देशबीच  २८ सम्झौता

    पुटिनले भारतमा ६ घण्टा विताए, दुई देशबीच  २८ सम्झौता

    1.4K
    Shares

    एजेन्सी । एक दिनको भारत यात्रा समाप्त गरेपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार राती दिल्लीबाट मस्को प्रस्थान गरेका छन् । उनी भारतमा करिब ६ घण्टासम्म बसे । सोमबार बेलुका विमानस्थलबाट पुटिन हैदराबाद हाउस पुगे । त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदीले उनको स्वागत गरे । पुटिन र मोदीले मिडियाको उपस्थितिमा आफ्नो बयान साझा गरे । दुई देशबीच कूल २८ सम्झौता भए । दुई देशको रक्षा र विदेश मन्त्रीबीच २ं२ वार्ता भयो ।

    पुटिनको उपस्थितिमा मोदीले भने, ‘मेक इन इन्डिया कार्यक्रम अन्तर्गत हाम्रो रक्षा सहयोग थप बलियो भइरहेको छ । रक्षा र आर्थिक क्षेत्रमा दुबै देश महत्वपूर्ण सहयोगी हुन् । कोरोनाविरुद्ध पनि सहयोग रह्यो । आर्थिक क्षेत्रमा पनि हाम्रो सम्बन्ध अघि बढाउनका लागि हामी ठूलो भिजनमा काम गरिरहेका छौं । हामीले सन् २०२५ सम्म ३० बिलियन डलर व्यापार र ५० बिलियन डलरको लगानीको लक्ष राखेका छौं । यता पुटिनले ‘हामी भारतलाई एक महान शक्ति, विश्वासिलो साथीको रुपमा हेर्छौं ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend