logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित

    भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित

    1.8K
    Shares

    काठमाडाैं ।  भारतमा गत २४ घण्टामा सात हजार ७७४ जनामा कोरोना सङ्क्रमण देखा परेको छ  । भारतमा अझै पनि ९२ हजार २२८ जना सक्रिय सङ्क्रमित रहेका आइतबार जनाइएको छ ।

    यसै अवधीमा कोरोना सङ्क्रमणबाट ३०६ जनाको मृत्यु भएपछि कोरोना शुरु भएबाट हालसम्म चार लाख ७५ हजार ४३४ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

    गएको २४ घण्टामा भारतमा आठ हजार ४६४ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख २२ हजार ७९५ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८।३६ प्रतिशत रहेको जनाइएको छ । यो संख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको सामाचारमा जनाइएको छ । 

    भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६५ करोड ५८ लाख व्यक्तिको कोरोना परिक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ३२ करोड ९३ लाख डोज खोप लगाइएको जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend