एजेन्सी। अमेरिकाका प्रथम अन्तरिक्षयात्री एलन शेपर्डकी छोरीले आफ्ना बाबुको मार्ग पछ्याउँदै अन्तरिक्षमा पुगेकी छन् । बाबु अन्तरिक्षमा पाइला हालेको ६० वर्षपछि छोरी लौरा शेपर्ड अन्य पाँच यात्रुसहित अन्तरिक्ष यात्रा तय गरेकी हुन् ।
लौरा अहिले ७४ वर्षकी भइन्।
विश्वका धनाढ्य जेफ बेजोसको ब्लू ओरिजिन नामक कम्पनीले अन्तरिक्षमा पठाएको एउटा व्यावसायिक यानबाट उनी अन्तरिक्षतर्फ प्रस्थान गरेकी हुन् ।
सन् १९६१ को मे ५ मर्करी अन्तरिक्षयान चढेर एलन शेपर्ड अन्तरिक्षमा पुगेका थिए । उनको १९९८ मा मृत्यु भएको थियो ।