logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • महामन्त्री बनेपछि विश्वप्रकाश पुगे विभिन्न आन्दोलनमा घाइते बनेकाहरुको घरमा

    महामन्त्री बनेपछि विश्वप्रकाश पुगे विभिन्न आन्दोलनमा घाइते बनेकाहरुको घरमा

    1.8K
    Shares

    काभ्रे – नेपाली  कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको राजनीतिक परिवर्तनमा भुमिका खेलेका राज्यबाट आझेलमा परेका घाइतेहरुलाई भेटेर सम्मान ब्यक्त गर्नुभएको छ । 

    नेपाली कांग्रेसको महामन्त्रीमा विजयी भएको दोस्रो दिन शुक्रवार लोकन्थली पुगेर महामन्त्री शर्माले पार्टी तथा राजनीतिक परिवर्तनमा भुमिका खेलेका दुई घाइतेहरुलाई भेटेर सम्मान व्यक्त गर्नुभएको हो । काभ्रे जिल्ला कात्तिके देउराली घर भएका दिपेन्द्र गिरी जो तत्कालिन समयमा शंकरदेव क्याम्पसको विद्यार्थी नेता हुनुहुन्थ्यो उहाँ २०५८ सालमा माओवादीको आक्रमणमा परि मेरुदण्डको समस्या झेलिरहनुभएको छ । उहाँलाई भेटेर विश्वप्रकाश शर्माले महामन्त्री हुनुमा त्यस्ता घाइतेहरुको पनि योगदान परेको भन्दै सम्मान गर्नुभएको हो ।  शर्माले घाइते गिरीको घरमा पुगि खादा तथा मालाले सम्मान गर्दै आगामी दिनमा देशमा यस्तो द्वन्द्वको अवस्था आउन नदिने गरी राजनीतिमा सुधार गर्न समर्पित हुने बताउनुभयो । उहाँले कांग्रेसका सबै तहका नेताहरुले द्वन्द्वमा प्रताडना भोगेकाहरुलाई बिर्सन नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेपालको द्वन्दको कहिल्यै बिर्सन नसकिने अमिलो अध्यायको प्रतिनिधि पात्रको रुपमा दिपेन्द्रजी हुनुहुन्छ । 

    bishwo-prakash21.jpg

    कांग्रेसको केन्द्रीय कार्यसमितिमा सभापतिदेखि महामन्त्री, उपसभापति, सदस्यहरुदेखि देशभरीका वडा वडा तहसम्मका निर्वाचित साथीहरुले कहिलेपनि के बिर्सन मिल्दैन भने दिपेन्द्रजीजस्तै द्वन्दमा अनेक ढंगले प्रताडना बेहोर्नुभएकाहरुलाई बिर्सन मिल्दैन । आज उहाँहरुको विजय भएको छ । शान्तिपूर्ण आन्दोलनबाट देशमा गणतन्त्र आएको छ । र म उहाँलाई माला, खादा लगाउँदै गर्दा देशभरीका सबै द्वन्दमा त्यो प्रकारको प्रताडना बेहोरेका हरेक परिवारलाई नेपाली कांग्रेस पार्टीको तर्फबाट सम्मान गर्न चाहान्छु र उहाँलाई छोएर मैले पार्टीको महामन्त्रीको रुपमा जिम्मेवारी सुरु गर्दैगर्दा उहाँलाई छोएर मैले सपथ लिदैगर्दा यो अवस्था देशमा कहिल्यै नआउनेगरी राजनीतिमा सुधार गरेर, यो व्यवस्था ठिक छ । अवस्था बदल्ने कुरामा हामी समर्पित छौँ भन्न चाहान्छु ।’

    bishwo-prakash-1.jpg

    त्यसैगरी महामन्त्री शर्माले काभ्रे पुगेर ०६२÷०६३ को जनआन्दोलनमा गम्भिर घाइते हुनुभएका जनआन्दोलनको जिउँदो सहिदको रुपमा चिनिनुहुने मुकेश कायस्थलाई पनि सम्मान गर्नुभयो । मुकेश कायस्थजस्ता राजनीतिक आन्दोलनमा घाइते हुनेहरुको अनुहारले आफ्नो जिम्मेवारी बुझ्न र बाटो नबिराउन घच्घचाउने भएकाले आफुले सम्मान गरेको उहाँले बताउनुभयो । उहाँले पार्टीमा इमान्दार ढंगले काम गर्ने कसम पनि खानुभयो । उहाँले भन्नुभयो – ‘मुकेश कायस्थ, अर्थात जिउँदो सहिद । मुकेश कायस्थ अर्थात् लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न रगत बगाएको योद्धा । मजस्तो राजनीतिकर्मीलाई आफ्नो जिम्मेवारी बुझ्न र बाटो नबिराउन घच्घचाउने अनुहार । आज नेपाली कांग्रेसको महामन्त्री पदको जिम्मेवारी गहिरो अनुभुति गर्न र इमान्दार ढंगले कार्य गर्न म उनै मुकेश कायस्थ र अनि मुकेशलाई जन्मदिने माता पितालाई छोएर सपथ खान आएको छु ।’

    सो अवसरमा घाइते कायस्थका आमाबुबाले महामन्त्री शर्मासमक्ष विभिन्न राजनीतिक परिवर्तनमा सहिद हुनुहुनेको परिवार र घाइते तथा घाइतेको परिवारलाई राज्यले अपमान गर्ने गरेको बताउनुभएको थियो । जनआन्दोलनका घाइते तथा सहिद परिवारका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्ने उहाँहरुले माग गर्नुभएको थियो ।

    bishwo prakash.jpg

    bishwo-prakash31.jpg

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend