काठमाडौं । पूर्वमन्त्री अर्जुनबहादुर सिंह नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
सिंह पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् । चार हजार ६७२ मत खसेकोमा सिंहले दुई हजार ६७७ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । प्रतिस्पर्धी दीपकजंग शाहीले दुई हजार ५६ मत पाए ।