logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • जनआन्दोलका जिउँदा शहीद र घाइतेलाई विश्वप्रकाशले ओछ्यानमै पुगेर भेटेपछि माओबादीलाई तनाब

    जनआन्दोलका जिउँदा शहीद र घाइतेलाई विश्वप्रकाशले ओछ्यानमै पुगेर भेटेपछि माओबादीलाई तनाब

    2.2K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले जनआन्दोलन २०६२/६३ का जिउँदो शहीद मुकेश काफ्ले र माओवादी आक्रमणमा मेरुदण्ड भाँचिएर जीवन संघर्ष गरिरहेका  दिपेन्द्र गिरीलाई ओछ्यानमै  पुगेर भेटेपछि नेकपा माओवादी केन्द्रलाई तनाब भएको छ।  

    परिवर्तनका संवाहक घाइते र शहिदलाई बेवास्ता गर्ने गरेको आरोप लाग्ने माओवादीलाई विश्वप्रकाश शर्माले पिडितहरुलाई घरको  ओछयानमै  पुगेर भेटेपछि नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला कमिटी अध्यक्ष रुकु चौलागाईले  अतिरञ्जित र भ्रामक प्रचार गरेको भन्दै  बिज्ञप्ति नै जारी गरेका छन्।   

    बिज्ञप्तिमा अध्यक्ष चौलागाईले दिपेन्द्र गिरीको मेरुदण्ड भाँचिनुमा माओवादी आक्रमणको संलग्नता पुष्टि गर्न चुनौति समेत दिएकी छन् ।

    उनले दिपेन्द्र गिरीको मेरुदण्ड भाँचिनुमा माओवादीको कुनै संलग्नता नरहेको र उनी आफ्नै पारिवारिक दुर्घटनामा परी जनयद्धुको नाममा द्धन्द्धपीडितको  नाममा अनुचित लाभ लिइरहेको भन्दै उल्टै आरोप लगाएकी छन्।  

    भेटेपछि जारी बिज्ञप्तिमा उनले जिम्मेवार राजनीति नेताबाट सस्तो लोकप्रियताका लागि भ्रामक कपो कल्पित र अतिरन्जित गरेको आरोप शर्मालाई लगाएकी छन् ।

    यस्तो छ बिज्ञप्ति 

    bigyapti (1).jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend