logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • नेपालसहित ८९ देशमा फैलियो कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन

    नेपालसहित ८९ देशमा फैलियो कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन

    1.7K
    Shares

    काठमाडौँ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस ८९ देशमा फैलिएको र समुदाय स्तरमा फैलिएका क्षेत्रमा यसले भयाबह स्वरुप लिएको विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) ले जनाएको छ ।

    ओमिक्रोन भाइरस विश्वको ठूलो जनसंख्यामा तीव्र गतिमा फैलिएको छ । वैज्ञानिकहरुले विद्यमान खोपले नै ओमिक्रोनविरुद्ध काम गर्ने र त्यसका लागि बुस्टर डोज चाहिने बताउँदै आएका छन् ।

    ओमिक्रोन फैलिएपछि विभिन्न देशले बुस्टर डोजलाई तिव्रता दिएका छन्, यद्यपी नयाँ भेरियन्टबारे चौतर्फी त्रास बढ्दो छ ।

    २६ नोभेम्बरमा सर्वप्रथम दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोनलाई डब्लूएचओले भेरियन्ट अफ कन्सर्न बताएको थियो । ल्याबमा गरिएका परीक्षणमा ओमिक्रोनबारे अझै सीमित तथ्यांक उपलब्ध भएकोले थप अध्ययन आवश्यक पर्ने डब्लूएचओको भनाई छ ।  ‘नयाँ भेरियन्टको असर, यसको जोखिम र यसलाई अहिले चलनमा आएका खोप कति प्रभावकारी हुन्छन् भन्ने बारेमा अझै अध्ययन आवश्यक छ,’ डब्लूएचओले भनेको छ ।  

    ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिन थालेपछि नेपालमा पनि कडाइ गर्न थालिएको छ । स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्दै अध्यागमन विभागले ओमिक्रोन फैलिएका ६७ मुलुकबाट नेपाल आउने यात्रुलाई सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने बताएको छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend