logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • माओवादी प्रदेश १ सचिवमा मोहनकुमार खड्का (हिमशिखर)को पनि दाबी

    माओवादी प्रदेश १ सचिवमा मोहनकुमार खड्का (हिमशिखर)को पनि दाबी

    3.8K
    Shares

    विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ को सचिव पदमा ओखलढुंगाका मोहनकुमार खड्का (हिमशिखर)ले पनि दाबी गरेका छन् । यसअघि मोरङका गणेश उप्रेती )सुशील)ले पनि सचिवमा दाबी गरेका थिए ।

    नेकपा माओवादी ओखलढुंगा जिल्ला समन्वय समितिका संयोजक तथा  प्रदेश १ प्रदेशसभाको अर्थसमितिका सभापतिसमेत रहेका खड्का स्पष्ट वक्ता, विधि र पद्धतीलाई पछ्याउनु पर्छ भन्ने मान्यता राख्छन् । 

    गत पुस २५ र २६ गते मोरङको विराटचोकमा सम्पन्न माओवादी प्रदेश १ को प्रथम अधिवेशनले २७४ सदस्यीय कार्यसमिति चयन गर्दै पदाधिकारी चयनलाई भने थाती राखेको थियो । पदाधिकारी चयनका लागि नाम तयार पारेर सुझाव दिन भन्दै पार्टीका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेश समितिका सहइन्चार्ज अजम्बर काङमाङ नेतृत्वको कार्यदल गठन गरेको छ । उक्त कार्यदलमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारीसमेत रहेका छन् ।

    ०३६ सालदेखि विद्यार्थी संगठन अनेरास्ववियुमा संगठित भएका खड्काले शिक्षण पेशामा लामो समय काम गर्दै शिक्षक संगठनको केन्द्रीय समिति, बुद्धिजीवि संगठनको केन्द्रीय समितिमा काम गरेका थिए । ०५८ सालदेखि शिक्षण पेशा छोडेर मओवादी जनयुद्धमा सामेल भएका खड्का ०६१ सालमा ओखलढुंगाको सेक्रेटरी भएका थिए ।

    शान्ति प्रक्रियापछि माओवादी विभाजन हुँदा मोहन वैद्य नेतृत्वको माओवादीमा लागेका उनी केन्द्रीय सदस्य भए । पछि पुनः बादलसहित आएर बनेको नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य बनेका खड्का ०७४ सालको निर्वाचनमा ओखलढुंगाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

    नेकपा एमाले र माओवादी केन्द्रको एकतापछिको नेपाल कम्युनिष्ट पार्टी हुँदा खड्का ओखलढुंगाका अध्यक्ष बनेका थिए । अहिले पनि उनी माओवादीको जिल्ला समन्वय समितिका संयोजक रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend