logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • राष्ट्रियताबिना समुदायको पहिचान र अस्तित्व रहँदैनः प्रदेश प्रमुख शेरचन

    राष्ट्रियताबिना समुदायको पहिचान र अस्तित्व रहँदैनः प्रदेश प्रमुख शेरचन

    4.8K
    Shares

    कास्की । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जुनसुकै समुदायको पहिचान पनि राष्ट्रियताका कारणले मात्र रहने बताएका छन् । ‘धर्म, संस्कृति हाम्रो परम्पराः संरक्षण, संवद्र्धन युवाको अभिभारा’को नारासहित थकाली युवा परिवार नेपालको आयोजनामा बुधबारदेखि पोखरामा सुरु भएको ‘प्रथम थकाली युवा राष्ट्रिय भेला’को उद्घाटन गर्दै उहाँले युवालाई राष्ट्र हितमा काम गर्न र सामाजिक उत्तरदायित्व बहन गर्नसमेत आग्रह गरे ।

    उनले भने, “राष्ट्रियताबिना कुनै पनि समुदायको पहिचान र अस्तित्व रहन्न । यदी नेपाल नै रहेन भने हामी नेपाली पनि कहाँ रहन्छौँ र रु नेपाली नै भईंदैन अनि हामी थकाली पनि रहँदैनौँ ।” प्रदेश प्रमुख शेरचनले थकालीका जनसङ्ख्या घट्दै गएकामा चिन्ता व्यक्त गर्दै सम्पूर्ण थकालीलाई एकताको सुत्रमा बाँध्नुपर्नेमा जोड दिए । उनले भने, “थकालीहरु सम्पन्नताको क्षेत्रमा अगाडि छन्, अब पहुँचको क्षेत्रमा पनि अग्रसर हुनुप¥यो ।”

    पुस ११ गतेसम्म चल्ने भेलामा देशभरका १९ क्षेत्र र विदेशका तीन क्षेत्रगरी २२ क्षेत्रका युवाका सहभागिता रहेको थकाली राष्ट्रिय युवा समितिका तदर्थ समिति संयोजक योगेन्द्र शेरचनले जानकारी दिए । थकाली युवालाई आफ्नो वेषभूषा, संस्कार, संस्कृति र परम्परा जगेर्ना गर्न उत्प्रेरित गर्ने उद्देश्यले भेला आयोजना गरिएको उनले बताए ।

    भेलामा ‘थकाली युवा, अवसर, चुनौती र सम्भावना’ विषयक बहस आयोजना गरिएको र सो बहसमा विभिन्न क्षेत्रका प्रतिष्ठित एवं प्रबुद्ध व्यक्तिहरुको सहभागिता रहने संयोजक शेरचनले जानकारी दिए । यसैगरी भेलाका अवसरमा नेतृत्व तथा व्यक्तित्व विकास प्रशिक्षण कार्यक्रमसमेत आयोजना गरिएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend