शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

एक करोड पँचास लाख बराबरको अवैध सामग्री बरामद

एक करोड पँचास लाख बराबरको अवैध सामग्री बरामद

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाका अवधिमा करिब रु एक करोड ५० लाखभन्दा बढी बराबरको अवैध मालसामान  बरामद गरी भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ । प्रहरी टोलीले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गरी उक्त मूल्य बराबरको सामग्री ती कार्यालयलाई बुझाएको हो । 

प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गर्ने अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले गत मङ्सिर १२ गते पर्साको प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका थिए ।  गतमङ्सिर महिनामा रु एक करोड १३ लाख ७० हजार ९३७  र यही पुस महिनाको १० गतेसम्म रु ३४ लाख १७ हजार ८०० बराबरको भन्सार छलीका सामग्री प्रहरीले बरामद गरी भन्सार पठाएको छ । 
     
सोही अवधिमा स्रोत नखुलेको रु १८ लाख नेपालीसहित दुई जनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक बस्नेतले बताए। विभिन्न मुद्दामा फरार रहेका सात फरार प्रतिवादीलाई समेत पक्राउ गर्न सफल भएको उनको भनाइ छ । 

सात फरार प्रतिवादीबाट जरिवानास्वरुप रु एक  लाख ७५ हजार ५९९ सङ्कलन गरिएको छ । प्रहरी उपरीक्षक बस्नेतले कर्तव्यनिष्ठ भएर जिम्मेवारी बहन गर्न सम्पूर्ण मातहतका युनिटलाई निर्देशन समेत दिएका छन् ।   

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend