logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • अनि कमेडियन बने कादर खान

    अनि कमेडियन बने कादर खान

    3.9K
    Shares

    एजेन्सी । कादर खान, हिन्दी फिल्मको एउटा यस्तो नाम हो, जुन नामलाई कसैले बिर्सदैन । बलिउडको लोकप्रिय कलाकारको नाम लिने हो भने कादर छुट्दैनन् । उनी फिल्ममा जुन भूमिकामा अभिनय गर्थे, त्यो भूमिकाले दर्शकमाझ एउटा छुट्टै छाप छोड्थ्यो । उनले फिल्ममा भिलेनदेखि कमेडियनसम्मका अलगअलग भूमिकामा दर्शकको मन जिते ।

    कादर राम्रो कलाकारसँगै उम्दा फिल्म लेखक पनि थिए । उनले बलिउडका कैयौं फिल्ममा सदाबहार संवाद लेखेका छन् । कादरको जन्म सन् १९३७ अक्टोबर २२ मा अफगानिस्तानको काबुलमा भएको थियो । उनको परिवार अफगानिस्तान छोडेर भारतको मुम्बईम बसेको थियो । उनको परिवार मुम्बईको सबैभन्दा फोहोरी र बद्नाम क्षेत्र कमाठीपुरामा बस्थ्यो ।

    कादरको घरको आर्थिक अवस्था ठिक थिएन । उनले बिस्तारै–बिस्तारै पढाइ सुरु गरे । उनले इञ्जिनियरिङ पढे र कलेजमा नाटक लेख्न थाले । केही समयपछि कादर एक कलेजमा लेक्चरर बने । तर उनले नाटक लेख्न छोडेनन् । नाटक लेखिरहँदा उनले फिल्मको संवाद लेखन पनि सुरु गरे । सुरुवाती समयमा उनले कैयौं फिल्मका लागि राम्रा संवाद लेखे ।

    संवाद लेखिरहँदा उनले फिल्मी अभिनय पनि सुरु गरे । करियरको सुरुवातमा उनले कैयौं फिल्ममा भिलेनको भूमिकामा अभिनय गरे ।

    उनको भूमिकालाई दर्शकले निकै मनखपराए । तर एक समय यस्तो आयो कि उनले भिलेनको भूमिकामा अभिनय गर्नै छोडे । उनले भिलेनको भूमिकामा अभिनय नगर्ने निर्णयको कारण उनको परिवार र कलेजका विद्यार्थी थिए ।

    कादरले भिलेन भूमिकामा अभिनय गरिरहँदा उनको छोराको स्कुलका अन्य विद्यार्थी रिसाएका थिए । यहाँसम्मकि भिलेन चरित्रमा अभिनय गरेकै कारण छोरा सरफराजसँग उनको झगडा नै परेको थियो ।

    कादरकी श्रीमतिले पनि उनलाई भिलेन बन्न रोक लगाएकी थिइन् । उनको पूर्वकलेजका विद्यार्थीले पनि उनलाई भेट्दा भिलेन भूमिका नगर्न सुझाव दिएका थिए ।

    त्यसपछि उनले भिलेनको भूमिका छोडेर कमेडियन चरित्रलाई अंगाले । उनले गोविन्दाका साथ कैयौं फिल्ममा कमेडी भूमिकामा अभिनय गरे ।

    उनले ‘दाग’, ‘परवीश’, ‘सुहाग’, ‘कुर्बानी’, ‘नसीब’, ‘याराना’, ‘कुली’, ‘आन्टी नम्बर १’, ‘दुल्हे राजा’, ‘आँखियो से गोली मारे’ र ‘दिवाना मे दिवाना’सहित करिब ३ सय बढी फिल्ममा अभिनय गरे । आफ्नो करियरमा झण्डै २ सय ५० फिल्ममा संवाद लेखे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend