logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • डा. संग्रौलाद्वारा लिखित पुस्तक ‘नेपालीका सपना अधुरै’ प्रधानमन्त्री देउवाद्वारा लोकार्पण

    डा. संग्रौलाद्वारा लिखित पुस्तक ‘नेपालीका सपना अधुरै’ प्रधानमन्त्री देउवाद्वारा लोकार्पण

    7.4K
    Shares

    काठमाडौँ –  नेपाली कांग्रेसकी नेतृ तथा  सांसद  डा. डिला संग्रौलाद्वारा लिखित पुस्तक ‘नेपालीका सपना अधुरै’ को लोकार्पण  भएको छ।  एक कार्यक्रमका विच शनिबार प्रधानमन्त्रीको  सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले  डा. संग्रौलाद्वारा  लिखित पुस्तक ‘नेपालीका सपना अधुरै’  लोकार्पण गर्नु भएको हो।  

    पुस्तकको लोकार्पण समारोहमा बोल्दै डा संग्रौलाले अब तीन तहका निवार्चन हुदैछन ति  तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाईका साथ बिजयी  हुने दाबी गर्नु भयो । 

     केपी ओलीको अघिल्लो सरकारले  ५ बर्षको म्यान्डेटलाई लत्यायो नेपाली जनताका सपनामाथि कुठाराघात गर्यो, सबिधानको सर्बोच्चता माथि प्रहार गर्यो तिनै सरकारलाई घचघचाउन लेखेका कतिपय मिडियाका लेखहरु पनि पुस्तकमा प्रकाशित भएको डा  संग्रौलाले बताउनु भयो।  

     पुस्तकको  लोकार्पण गर्दै प्रधानमन्त्री देउवाले राज्यको हरेक निकायमा तेत्तिस प्रतिशत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाल एउटा मात्रै देश भएको र नेपालले महिला मात्रै नभएर दलित, जनजाति, आदिवासी सबैको अत्यन्तै समावेशी र समानुपातिक ढंगले राज्यका र पार्टीका हरेक तहमा प्रतिनिधित्व गराएको दावी समेत गर्नु भयो । 

    dil.jpg

    प्रधानमन्त्री देउवाले  मुलुकको कार्यकारी तहहरुमा समेत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित हुने गरी आरक्षणको व्यवस्था गरेर नेपाल र नेपाली काँग्रेस स्वयम्ले आफूलाई सबै समूदायको पार्टीको रुपमा चिनाएको बताउनु भयो । प्रधानमन्त्री देउवाले भन्नु भयो, ‘नेपाल मात्रै एउटा यस्तो देश हो, जुन देशमा ३३ प्रतिशत महिलाहरु हरेक ठाउँमा उनीहरुलाई अधिकार दिइएको छ । र उनीहरुले पाउँछन । नेपालमा पार्टीहरुले पनि ३३ प्रतिशत महिलालाई आरक्षण दिएका छन । त्यतिमात्रै होइन । स्थानीय तहमा हेर्ने हो भने ४०÷४१ प्रतिशत महिलाहरुलाई आरक्षणको व्यवस्था छ । 
    राष्ट्रपति र उपराष्ट्रपतिमा एउटा महिला, सभामुख र उपसभामुखमा एउटा महिलालगायत धेरै ठाउँमा मेयर र उपमेयरमा एउटा महिला, त्यस्तै गाउँपालिकादेखि लिएर सबै ठाउँमा महिलाहरुलाई हामीले आरक्षणको व्यवस्था गरेका छौं । अगाडि बढाएका छौं । यस मानेमा नेपाल मात्रै एउटा यस्तो देश हो, जहाँ अत्यन्तै समावेशी, समानुपातिक रुपमा दलित, आदिवासी, जनजाति सबैलाई आरक्षणको व्यवस्था गरिएको छ । यस मानेमा नेपाल र नेपाली काँग्रेस पनि सबैको पार्टीका बनेको छ । यसमा भोलीका दिनमा अझ बढि मतदाता पनि उत्तिकै महत्वपूर्ण हुन्छ । भोली आ–आफ्नो क्षेत्रमा बढिसेबढि महिला मतादाताहरु, दलित महिला मतदाता, जनजाति महिला मतदाता बढाउने काममा पनि महिला नेतृहरुलाई सफलता मिल्दै जाने मैले विश्वास लिएको छु ।’
     

    प्रधानमन्त्री देउवाले महिला नेतृहरुले महिला मतदाताहरुको संख्या बढाउन पनि उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेतृ संग्रौलाले नेपालको महिला आन्दोलनको क्षेत्रमा दिएको योगदान प्रशंशनीय रहेको बताउनु भयो । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend