logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • प्रदर्शनकारीसामु घुँडा टेके सुडानी प्रधानमन्त्रीले, सेनासँग सम्झौता गरेको केही सातामै राजीनामा

    प्रदर्शनकारीसामु घुँडा टेके सुडानी प्रधानमन्त्रीले, सेनासँग सम्झौता गरेको केही सातामै राजीनामा

    1.9K
    Shares

    एजेन्सी । व्यापक प्रदर्शनपछि सुडानका प्रधानमन्त्री अबदुल्ला हमदोकले पदबाट राजीनामा दिएका छन् । केही साताअघि सेनासँगको एउटा विवादास्पद सम्झौतापछि पुनः प्रधानमन्त्री भएका हमदुकले राजीनामा दिएका हुन् । 

    अक्टोबरमा सेनाले शक्ति हातमा लिएर हमदुकलाई घरमै नजरबन्दमा राखेको थियो । तर, कु गर्ने सेनासँग शक्ति बाँडफाँडमा सम्झौता गरेपछि उनी पुनः प्रधानमन्त्री भएका थिए । प्रदर्शनकारीले सम्झौताको विरोध गर्दै नागरिक शासन माग गर्दै आएका थिए । दुई जनाको मृत्यु हुने गरी भएको प्रदर्शनको भोलीपल्ट पछि उनले राजीनामा दिएका हुन् ।

    एउटा टेलिभिजन सम्बोधनमा हमदोकले सुडान खतरनाक मोडमा पुगेको र यसले देशको अस्थित्व जोखिममा पारेको बताए । आफूले देशलाई विपदबाट जोगाउन धेरै प्रयास गरेको उनले दाबी गरेका छन् । 

    सन् २०१९ मा व्यापक विरोधपछि लामो समय सुडानको नेतृत्व गरेका ओमार अल–बशिरको सरकार अपदस्थ भएसँगै राजनीतिक दल र सेनाले एउटा असहज शक्ति साझेदारी सम्बन्धी सम्झौता गरेका थिए ।

    सेनासँगको साझेधारीको सर्वसाधारणले विरोध गर्दै आएका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend