Logo बुधवार, माघ ५ गते २०७८
बुधवार, माघ ५ गते २०७८
images
images

सारा अली खान भन्छिन्, ‘पापा मलाई असाध्यै माया त गर्नुहुन्छ तर...’

सारा अली खान भन्छिन्, ‘पापा मलाई असाध्यै माया त गर्नुहुन्छ तर...’

images
images
  • 1.6K
    SHARES
  • सारा अली खान भन्छिन्, ‘पापा मलाई असाध्यै माया त गर्नुहुन्छ तर...’

    एजेन्सी । बलिउडकी उदीयमान अभिनेत्री सारा अली खान हालै ‘अतरंगी रे’ मा बिहारी युवतीको भूमिकामा देखिएकी थिइन् । आजकाल उनी इन्दौरमा विक्की कौशलसँग ‘लुका चुप्पी’ फेम लक्ष्मण उत्तेकरको फिल्म सुट गरिरहेकी छिन् । त्यो फिल्म लुका चुप्पीको सिक्वेल भएको बताइँदै छ । हालै सारा अली खानले एक भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा आफ्ना पिता सैफ अली खानबारे पनि कुराकानी गरेकी छिन् ।

    images

    अतरंगी रे फिल्मले निकै नै प्रशंसा पाएपछि कस्तो महसुस भइरहेको छ भनेर सोधिएको प्रश्नमा उनले भनिन्, ‘यसबारे कस्तो प्रतिक्रिया दिने भनेर मलाई थाहा नै छैन । फिल्मपछि मेरा अन्तरवार्ता हुन्छन्, यसबारे मैले आनन्द जी ९आनन्द एल राय० सँग पनि यसबारे के बोल्ने भनेर कुरा गरेकी थिएँ । म असाध्यै खुसी छु । हुन त म हाल सुट गरिरहेकी छु, मैले आफ्नो पूरा युनिटसँग ‘अतरंगी रे’ हेरेँ । फिल्म उहाँहरुलाई पनि निकै राम्रो लाग्यो ।’

    परिवार र उद्योगबाट कस्ता प्रतिक्रिया पाइरहनुभएको छ भनेर सोधिएको अर्को प्रश्नमा उनले आफ्ना पिता सैफ अली खानको बानीबारे पनि जानकारी दिइन् ।

    यसबारे कुरा गर्दै उनले भनिन, ‘हुन त सबैले राम्रो कुरा नै भनिरहेका छन् तर मेरा लागि मेरा आमा बुवा नै सबैभन्दा महत्वपूर्ण हुनुहुन्छ । ममी त सधैँ भावुक नै हुँदै आउनु भएको छ । पापा सधैँ जेन्टलम्यान हुनुहुन्छ । उहाँ माया त असाध्यै गर्नुहुन्छ तर भावना व्यक्त गर्न भने थोरै कन्जरभेटिभ हुनुहुन्छ । ’

    उनी थप्छिन्, ‘तर यसपटक भने गज्जब भयो । उहाँले फिल्म हेरेर फोन गर्नुभयो । फोनमा उहाँ रोइरहनुभएको थियो । हुन त यो स्याडिस्टिक सुनिएला कि छोरीले त बुवालाई रुवाइदिइन्, तर म धन्य छु कि मेरो प्रस्तुतीको असर यति गहिरो थियो । ’

    आफूले सोसल मिडियामा आइरहेका प्रतिक्रिया हेर्न नपाएपनि यसका स्क्रिनसट आमाले पठाइरहेको र यसलाई नै आफूले स्टोरीमा सेयर गरिरहेको बताइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार