logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुदूरपश्चिमका वरिष्ठ साहित्यकार भट्टको निधन

    सुदूरपश्चिमका वरिष्ठ साहित्यकार भट्टको निधन

    4.1K
    Shares

    काठमाडौं । सुदूरपश्चिमका वरिष्ठ साहित्यकार वासुदेव भट्ट (भाइसाब) को ७८ वर्षको उमेरमा निधन भएको छ । भीमदत्त नगरपालिका–१८ कटानस्थित आफनै निवासमा आइतबार राति उनको निधन भएको हो । साहित्यकार भट्ट लामो समयदेखि अस्वस्थ्य रहदै आएका थिए ।
     
    भट्टको निधनले सुदूरपश्चिमको लोक साहित्य र शिक्षा क्षेत्रका धरोहर गुमाएको सुदूरपश्चिम विश्वविद्यालय पूर्वव्यवस्थापन सङ्कायका डिन भारती जोशीले बताईन् । “साहित्यकार भट्टको लोक साहित्य र लोकसंस्कृति संरक्षणमा ठूलो योगदान रहेको छ”, उनले भनिन्, “सुदूरपश्चिमको लोक साहित्यमा गहिरो अभिरुचि राख्नेमा उहाँ अग्रपङ्क्तिमा हुनुहुन्थ्यो ।”

    सुदूरपश्चिमको साहित्य, शिक्षा, समाजसेवा, राजनीति र मानवाधिकारका क्षेत्रमा समेत भट्टको महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ । सुदूरपश्चिम विश्वविद्यालय स्थापनामा समेत भट्टको ठुलो योगदान रहेको छ । भट्ट साहित्यकारका रुपमा मात्रै नभएर मानव अधिकारकर्मीका रुपमा समेत परिचित थिए । उनि महाकाली साहित्य सङ्गमका संस्थापक अध्यक्षसमेत रहेका थिए । 

    तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष, महेन्द्र माविका पूर्वशिक्षक भट्टले लोक साहित्य र लोकसंस्कृतिबारे लामो समय कलम चलाउँदै आएका थिए । उनका दर्जनौं पुस्तक प्रकाशित छन् । भट्टको जन्म विसं २००० असार ५ गते बैतडीको दशरथचन्द नगरपालिका– ५ मा भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend