logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    पुष्प प्रधानको  ‘ आज म नै एक्लो भए ’ गित सार्वजनिक

    पुष्प प्रधानको  ‘ आज म नै एक्लो भए ’ गित सार्वजनिक

    3.8K
    Shares

    काठमाडौं । पुष्प प्रधानको  ‘आज म नै एक्लो भए’ गित सार्वजनिक भएको छ । उनकै शब्द , संगितमा चर्चित गायक सुगम पोखरेलको स्वर रहेको छ ।  नारायणगण्का कलाकार प्रधानले अधिकांशको जीवनको भोगाईलाई गित बनाएको बताए । 

    प्रेमिकाको स्वार्थीपनले विछोडिएको प्रेमलाई प्रधानले गितमा उतारेका हुन् । किशोरावस्थामा अधिकांशले भोगेको भावलाई उनले गित बनाएको बताएका छन् ।  गितमार्फत उनले एकलोपनको पिडा पोखेका छन् ।  प्रधानले ‘ अज म नै एक्लो भए ’ गित बजारमा ल्याएका हुन् । कोरोनाको जोखिममा गरिरएको लकडाउनमा उनले गित बनाएका थिए । ‘ धेरैके जीवनमा भएको घटनामा अधारित गित हो ’ उनले भने ‘ बैंशमा हुने प्रेमको वाचा कसम र अधुरो प्रेमलाई सम्झाउने खालको गित बनेको छ । ’

    गितको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । गगनलाल प्रधानले निर्देशन गरेको भिडियोमा नायक आकाश श्रेष्ठ संगै करुणा श्रेष्ठले अभिनय गरेका छन् । ६६ वर्षिय प्रधान कलाकार समेत हुन् । उनले करिब आधा दर्जन चलचित्रमा खलनायकको भूमिका निर्वाह गरेका छन् । उनले ‘ लाठी चार्ज ’ गितमा पनि अभिनय गरेका छन् । उनको गितको आइतवार एक समारोहका विच नारायणगढमा सार्वजनिक गरिएको छ । रिवल क्रियशनका प्रबन्ध निर्देशक गगनलाल प्रधानले विमोचन गरेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend