logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • एन आई सी एशिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’ प्रयोग गर्दा पाईन्छ ८४ लाख रुपैयाँ सम्मको निःशुल्क बीमा सुविधा

    एन आई सी एशिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’ प्रयोग गर्दा पाईन्छ ८४ लाख रुपैयाँ सम्मको निःशुल्क बीमा सुविधा

    8.6K
    Shares
    एन आई सी एशिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’ प्रयोग गर्दा पाईन्छ ८४ लाख रुपैयाँ सम्मको निःशुल्क बीमा सुविधा

    काठमाडौं । नेपालको उत्कृष्ट बैंकहरुमध्यको एक हो, एन आई सी एशिया बैंक । वाणीज्य बैंक मातहत रहेको यस बैंकले स्थापना काल देखिनै ग्राहकमुखी बैकिंङ सेवा विस्तार गरी ग्राहकको मन जित्दै आएको छ ।

    ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहकमाँझ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकले अतुलनीय र असीमित सुविधाहरुले भरिपूर्ण नयाँ योजनाहरु ल्याउने क्रमलाई पनि निरन्तरता दिँदै आएको छ ।

    बैंकले मुद्दती खाता, बचत खाता, चल्ति खाता, महिला तथा बालबालिका योजना, सुलभ दरमा कर्जा प्रवाह गर्नका लागि देशभर शाखा विस्तार गरी सेवा उपलब्ध गराउदै आईरहेको छ । एन आई सी एशिया बैंकले सुगम क्षेत्रमा मात्र नभई देशको दुर्गम क्षेत्रमा बस्ने आम जनमानस माँझ पनि आफ्ना सेवाहरु विस्तार गर्दै आईरहको छ ।

    यस बैंकले वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ ।

    यस बैंकले आफ्ना लाखौं ग्राहकहरू माँझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी रुपमा बैंकको भुमिका निर्वाह गर्दै आएको छ । २०७८ कार्तिक १ देखि बैंकले सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको ‘सर्वश्रेष्ठ बचत खाता’ ल्याएको छ ।

    बैंकले ल्याएको यस योजनाहरूबाट ग्राहकले धेरै फाइदा लिन सक्ने एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत सिईयो रोशन कुमार न्यौपानेले बताए । यस बैंकको सर्बश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले विभिन्न २४ वटा फाइदा लिन पाउने छन् ।

    गत कात्तिक १ गते देखि ल्याएको यो खातामा सर्वाधिक उच्च ब्याजदर, तीन÷तीन वटा बीमा तथा कर्जा सम्बन्धी फाइदा र अन्य १८ फाइदा पाइने कार्यकारी अधिकृत न्यौपानेले जानकारी दिए  ।

    सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाइदाहरूलाई व्यापकरुपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिका लागि प्रदान गर्दै बचत खातामै ८४ लाख रुपैयाँसम्मको सर्वश्रेष्ठ बीमा फाइदा प्रदान गरिएको बैंकको भनाई छ ।

    सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा सुविधासमेत प्राप्त गर्न सक्नेछन् । बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाइदाहरूलाई ५ वर्षको अवधीसम्मका लागि  उपलब्ध गराएको छ ।

    साथै सबै थप सुविधा÷फाइदाहरू यसअघि सर्वश्रेष्ठ खाताहरू खोलिसकेका ग्राहकले समेत कुनै अतिरिक्त शुल्कबिना स्वतः पाउन सक्नेछन् ।

    बैंकले हालसम्म देशभर ३५८ शाखा, ४७३ एटिएम, ७६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । यो बैंक विभिन्न दर्जन सूचकमा देशकै पहिलो नम्बरको बैंकमा सुचिकृत बैंक पनि हो ।

    देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकले सेवा दिँदै आएको सिईयो न्यौपानेको भनाई छ ।

    एन आई सी एशियाले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्ष २०७७÷७८ मा करिब २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी सरकारलाई राजश्व बुझाएको थियो । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदानको रुपमा देखिएको छ ।

    देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको बैंकका प्रमुख सूचना अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend