logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • शेयर बजार मापक नेप्से परिसूचकमा वृद्धि

    शेयर बजार मापक नेप्से परिसूचकमा वृद्धि

    4.5K
    Shares

    काठमाडौं । लगातार पाँचौं दिनसम्म ओरालो लागेको शेयर बजार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ । साताको अन्तिम दिन बिहीबार भएको कारोबारमा नेप्से परिसूचक ३५.६६ अंक बढेर २४६४.३१ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.१३ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.३८ अंक र सेन्सेटिभ इण्डेक्स २.३७ अंक बढेको छ ।

    बिहीबार कारोबारमा आएका २२४ कम्पनीको ५४ लाख ४४ हजार कित्ता शेयर २ अर्ब १२ करोड १५ लाख ११ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबारको तुलनामा बिहीबार नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो कारोबार दिन करिब २ अर्बको कारोबार भएको थियो ।

    बिहीबार १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये अन्य उपसमूहको परिसूचक सबैभन्दा बढी ३.५९ प्रतिशत बढेको छ। त्यस्तै, व्यापार उपसमूहको परिसूचक २.६२ प्रतिशत बढेको छ । यता बैंकिङ्ग, होटल, विकास बैंक, जलविद्युत, वित्त, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेका छन्।

    नेप्सेसँगै बिहिबार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा हिमालयन पावर पार्टनर र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको हो। त्यस्तै, नेपाल टेलिकमको ५ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै,राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ्ग नेपाल र सर्पोट माइक्रो फाइनान्सको शेयर गिरावट आएको छ ।

    कारोबार रकमका आधारमा ७ करोड ३८ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नबिल बैंक शीर्ष स्थानमा रहेको छ । प्राइम कमर्सियल बैंकको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend