logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • रुसमाथि थप प्रतिबन्ध लगाइयोस्ः जेलेन्स्की

    रुसमाथि थप प्रतिबन्ध लगाइयोस्ः जेलेन्स्की

    5.7K
    Shares

    न्युयोर्क । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप हतियार र कडा प्रतिबन्धहरू लगाउन आह्वान गरेका छन् ।

    पूर्वी युक्रेनमा रुसी आक्रमणको त्रासले भागेका महिला, बालबालिका र वृद्धवृद्धाहरूले भरिएको रेल स्टेसनमा हमला हुँदा कम्तिमा ५२ जनाको मृत्यु भइरहेका बेला राष्ट्रपति जेलेन्स्कीको आह्वान आएको हो ।

    पूर्वी क्षेत्रको क्रामाटोर्स्कमा भएको सो हमलालाई राष्ट्रपति जेलेन्स्कीले नियोजित रुपमा भएको बताएका छन् । हमला भएका समयमा करिब ४ हजार मानिस भेला भएको सहरका मेयरले अनुमान गरेका छन् । –एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend