logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • आइपिएल खेलमा सट्टेबाजी गर्ने दुई जना पक्राउ

    आइपिएल खेलमा सट्टेबाजी गर्ने दुई जना पक्राउ

    13.2K
    Shares

     

    काठमाडौं । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आइपिएल) खेलमा सट्टेबाजी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर महानगरपालिका वडा नम्बर ६ बस्ने ४२ वर्षीय सचिन कुमार साह र विराटनगर महानगरपालिका वडा नम्बर ९ बस्ने ४४ वर्षीय भूपेन्द्र कुमार शाहलाई पक्राउ गरेको हो ।

    उनीहरुलाई सट्टाबाजी कसुरमा पक्राउ गरेको हो । उनीहरू विरुद्ध मोरङ जिल्ला अदालतबाट सट्टाबाजी कसुरमा पाँच म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend