logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • गीत बिना चलचित्र अपुरो छ, कलाका विभिन्न विधाहरुलाई एकीकृत गरौं : हरिहर शर्मा

    गीत बिना चलचित्र अपुरो छ, कलाका विभिन्न विधाहरुलाई एकीकृत गरौं : हरिहर शर्मा

    3.7K
    Shares

    काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप–कुलपति एवं वरिष्ठ कलाकार हरिहर शर्माले कलाका विभिन्न विधाहरुलाई एकीकृत गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलवार नेपाल म्युजिक भिडियो निर्देशक समाजले आयोजना गरेको कार्यक्रमलाई  सम्बोधन गर्दै उप कुलपति शर्माले यस्तो बताएका हुन् । उनले नेपाली कला क्षेत्रमा अर्को एक नयाँ संस्थाको उदय भएकोमा खुशी व्यक्त गरे ।

    चलचित्र र म्युजिक भिडियोको महत्व समान रहेको उनको भनाई छ । उनले गीत नभइ चलचित्र पूर्ण हुन नसक्ने भन्दै गीत र चलचित्रलाई समान व्यवहार गर्नुपर्ने बताए । त्यस्तै समाजका अध्यक्ष विधान कार्कीले नेपाली म्युजिक भिडियो निर्देशकहरुको परिचय र पहिचान स्थापित गर्दै उनीहरुका हकहितका लागि काम गर्ने उद्देश्यका साथ संस्थाको स्थापना भएको बताए । उनले म्युजिक भिडियोलाई राज्यबाट पहिचान दिलाई संस्थागत गर्ने काममा संस्था लागिरहेको बताए ।

    कार्यक्रममा कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले अहिले एउटा चलचित्रकर्मीले बनाएको फिल्ममा अर्कोले खुट्टा तान्ने काम भइरहेको जिकिर गरे। उनले प्रेमगीत ३ टिमले खर्च गरेअनुसारको लगानी उठाउन चलचित्र विकास बोर्डले ल्याएको करको नीतिले मारमा प¥यौं भन्ने आग्रह कुनै संघसंस्थामा गरेको खण्डमा यस्ता अफवाह नफैलिने बताए । प्रेमगीत ३ टिमले कुनै आग्रह बिना नै चलचित्र विकास बोर्डका अध्यक्षमाथि आरोप लगाएको समेत उनले बताए ।

    नेपाल म्युजिक भिडियो निर्देशक समाजले नेपाली म्युजिक भिडियो क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुहुने तीन जना निर्देशकहरुलाई सो अवसरमा सम्मान प्रदान गरेको थियो । वरिष्ठ म्युजिक भिडियो निर्देशकत्रय सहेन्द्र श्रेष्ठ, प्रकाश भट्ट र संगीता श्रेष्ठलाई म्युजिक भिडियोको क्षेत्रमा पु¥याएको योगदान स्वरुप विशिष्ट सम्मान गरिएको थियो ।

    समाजका संरक्षक बाबुराजा केसी ‘उज्ज्वल’ तथा सल्लाहकारहरु वरिष्ठ गायक, संगीतकार, गीतकार, चलचित्र लेखक तथा निर्देशक नारायण रायमाझी, नेपाली गीतसंगीत तथा चलचित्रका डिजिटल प्रवर्द्धक ओम प्रकाश अग्रवाल, चर्चित निर्देशक एवं कोरियोग्राफर शिव वि.क र प्रेस सल्लाहकार जीवन पराजुलीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend