logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • विराट कोहलीले ड्रेसिङ रूममै आएर नेपाली क्रिकेटरलाई मेडल पहिर्‍याइदिएपछि…

    विराट कोहलीले ड्रेसिङ रूममै आएर नेपाली क्रिकेटरलाई मेडल पहिर्‍याइदिएपछि…

    20.8K
    Shares
    विराट कोहलीले ड्रेसिङ रूममै आएर नेपाली क्रिकेटरलाई मेडल पहिर्‍याइदिएपछि…

    काठमाडौँ । मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपालले उत्कृष्ट खेल देखाउँदै आएको छ।

    उनले नेपाली टिमलाई एकजुट बनाएर अघि बढाउन ‘ह्याप्पी ड्रेसिङ रूम’ का कार्यक्रम गर्दै आएका छन्।

    जसअन्तर्गत उनले खेलपछि राम्रो खेल्ने खेलाडीलाई ड्रेसिङ रुममा मेडल दिने गरेका छन्।

    खेलपछि खेलाडीलाई प्रोत्साहन गर्न उनले मेडल नै दिने गरेका हुन्। सोमबार एसिया कपअन्तर्गत भारतविरूद्धको खेलपछि पनि यस्तै भयो। उनले भारतविरूद्धको खेलमा राम्रो खेलेका खेलाडीलाई मेडन लगाउन भारतीय खेलाडीलाई नेपालको ड्रेसिङ रूममा निम्ता दिए।

    क्रिकेट संघले सार्वजनिक गरेको भिडिओमा नेपालका सोमपाल कामीलाई भारतका हार्दिक पाण्ड्यालाई मेडल लगाउन निम्त्याएको देखिन्छ। जसमा उनी भन्छन्, ‘सोमपाल पनि अलराउन्डर हुन्।’

    त्यसपछि देसाईले आसिफ शेखलाई मेडल लगाइदिन भारतीय ब्याट्सम्यान विराट कोहलीलाई आग्रह गर्छन्। शेखले भारतविरूद्ध अर्धशतक प्रहार गरेका थिए। अरू भारतीय खेलाडी पनि उपस्थित भएको सो कार्यक्रममा विराटले मेडल लगाइदिँदा पहिलो पटक मेडल लगाइदिने अवसर पाएको भन्दै ठट्टा गरेको देखिन्छ।

    भारतीय प्रशिक्षक राहुल द्रविडले दीपेन्द्रसिंह ऐरीलाई मेडल लगाइदिएको भिडिओमा देख्न सकिन्छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend