काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
१२ हजार ४०४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ५६५ तथा एन्टिजेन विधिबाट १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हो । यही अवधिमा थप ८७१ जना संक्रमणमुक्त भएका छन् भने थप १० जनाको मृत्यु भएको छ ।
हाल नेपालमा १५ हजार २४ जना सक्रिय काेराेना संक्रमित रहेका छन् ।